शिवरात्रीको अवसरमा ‘दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव २०७८’ हुने

धादिङ । शिवरात्रीको अवसरमा धादिङको सिद्धलेक गाउँपालिका सिद्धबाबा मन्दिरमा दोस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव २०७८ हुने भएको छ ।

महोत्सवमा राष्ट्रिय कलाकार खेम सेन्चुरि, चिज गुरुङ, अस्मिता डल्लाकोटी, रविन लामिछाने, रिता रावत, बालकलाकार सुप्रिम मल्ल, विन्दा परियार लगायत स्थानीय कलाकारहरुको साथमा गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुतिका साथै खेलाडीहरुद्वारा रोडिज प्रदर्शन हुने आयोजकले जनाएको छ । अहिले स्टल बुकिङको काम भईरहेकोले स्टल आवश्यक पर्ने व्यावसायीले आयोजकलाई सम्पर्क गरि आफ्नो स्टल सुरक्षित गर्न सकिने आयोजकले जनाएको छ ।

सिद्धलेक ढेवा डाँडा समाज नेपालको आयोजनामा महोत्सव हुन लागेको हो । अहिले मेलाको तयारी तिव्र पारिएको आयोजकले जनाएको छ । यहि फागुन १७ गते मंगलबार महाशिवरात्रिको दिन महोत्सवको आयोजना हुन लागिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here