स्व. बोगटीको शालीक अनावरण गर्न फागुन १४ गते प्रचण्ड नुवाकोट आउने

    नुवाकोट । पूर्वप्रधानमन्त्रए एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट आउने कार्यक्रम तय भएको छ। उनी आफ्ना समकक्षी नेता तथा पूर्वमन्त्री स्व. पोष्टबहादुर बोगटीको शालीक अनावरण गर्न नुवाकोटको पिपलटार आउने कार्यक्रम तय भएको हो। 

    प्रचण्ड विदुर नगरपालिका ५ पिपलटारमा निर्माण गरिएको स्व. बोगटीको पूर्ण कदको शालीक अनावरण गर्न फागुन १४ गते शनिबार आउने कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र नुवाकोटले जनाएको छ। 

    नुवाकोटको पिपलटारको खुल्ला स्थानमा पार्क तयार गरेर स्व. बोगटीको पूर्ण कदको शालीक स्थापना गरिएको छ। सक्रिय राजनीतिमा रहेकै बेला बोगटीको गत २०७१ साल भदौमा असामयिक निधन भएको थियो। 

    LEAVE A REPLY

    Please enter your comment!
    Please enter your name here