एचआईभी भाइरस पत्ता लगाउने व्यक्तिको निधन 

अन्तरास्ट्रिय खबर । एचआईभी एड्स भाइसर पत्ता लगाउने सह आविष्कारक व्यक्तिको निधन भएको छ। एचआइभी भाइरसका सह आविष्कारक एवं फ्रान्सेली भाइरोलोजिस्ट लुक मोनटेग्नियरको ८९ वर्षको उमेरमा निधन भएको हो। 
उनको निधन गएको मंगलबार भए पनि स्थानीय समाचारले मृत्युबारे बिहीबारमात्र खबर प्रकाशित गरेका छन्। उनले भाइरसबारे सन् १९८० को दशकदेखि काम सुरु गरेका थिए। 
एचआइभी भाइरसका कारण एड्स नामक दीर्घकालीन रोग सर्ने पत्ता लगाएको भन्दै उनलाई सन् २००८ मा नोबल पुरस्कार प्रदान गरिएको थियो। त्यसपश्चात मात्र उनी संसारमा परिचित बनेका थिए। यद्यपि, कोभिड-१९ प्रति अवैज्ञानिक दाबी गरेको भन्दै पछिल्लो समय उनको आलोचना समेत हुदै आएको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here