अधिकांश युरोपेली रुसविरुद्ध युक्रेनको पक्षमा

एजेन्सी । अधिकांश युरोपेली मानिसहरु रुसविरुद्ध युक्रेनको पक्षमा उभिन चाहेको एक सर्वेक्षणले देखाएको छ। विदेशी सम्बन्धमा युरोपेली परिषद् (इसीएफआर)को नयाँ सर्वेक्षणले सो देखाएको हो।
इसीएफआरले विभिन्न सात वटा मुलुकमा सर्वेक्षण गरेको थियो। इसीएफआरका अनुसार युरोपेली संघको एक तिहाई जनसंख्या रुसविरुद्ध युक्रेनको पक्षमा उभिन चाहन्छ। ‘युरोपमा भूराजनीतिबारे जागरण नयाँ तथ्यांकले देखाएको छ। नयाँ सर्वेक्षणले युक्रेनमाथि रुसले आक्रमण गर्ने सम्बन्धमा युरोपको अधिकांश जनसंख्या युक्रेनको पक्षमा रहेको देखाएको छ,’ इसीएफआरका निर्देशक मार्क लियोनार्दले भनेका छन्।
युक्रेन र रुसको विषयलाई लिएर पछिल्लो समय युरोपेली संघका मुलुकहरु दुई भागमा विभाजित बनेका छन्। तर युरोपेली नागरिक भने युक्रेनको लागि एकीकृत बनेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here