सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरु; शिक्षक अस्पताल निर्माण, कच्चा दूधको मुल्य निर्धारण

काठमाडौं । सरकारले शिक्षक अस्पताल निर्माणका लागि सैद्धान्तिक स्वीकृतिसमेत प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोबारे जानकारी गराएका हुन्।
यस्तै, बैठकले कच्चा दूधको न्यूनतम मूल्य निर्धारण गरेको छ ।  बैठकले कच्चा दूधको न्यूनतम मूल्य ५६.४ रुपैयाँ निर्धारण गरेको हो। बैठकले विश्व बैंकको १८ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण सहायता दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गरेको छ ।
 यस्तै, ‘सफा हिमाल अभियान २०२२’ मा खटिने नेपाली सेनाका सदस्यहरूलाई हिमाल आरोहण गर्दा लाग्ने दस्तुरमा छुट दिने निर्णय गरेको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।  यस्तै, बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा शिलु मानन्धरलाई नियुक्त गरेको छ भने नेपाल टेलिभिजनको अध्यक्षमा जाजरकोटका समीरजंग शाहलाई नियुक्त गर्ने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।
मन्त्रिपरिषद्को बैठकले अर्थमन्त्रालयका सहसचिव रामेश्वर दंगाललाई सचिवमा बढुवा गर्नेसहित बढुवा समितिको सिफारिसबमोजिम कर्मचारीहरूको बढुवा गर्ने निर्णय गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here