माघ मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय संचालन नगर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौ । नेपाल सरकार गृह मन्त्रालयले विद्यार्थीको भौतिक उपस्थितिमा बिद्यालय संचालन नगर्न निर्देशन दिएको छ। पछिल्लो अवस्थामा कोभिड १९ संक्रमण तिब्र बढेको भन्दै मन्त्रालयले यस्तो निर्देश दिएको हो।
कोभिड १९ संकट ब्यबस्थापन समन्वय केन्द्र (सिसिएमसि)को मिति २०७/१०/१४ गतेको बैठकले गरेको सिफारिसको आधारमा सम्पुर्ण शिक्षण संस्था भौतिक उपस्थिति मा संचालन नगर्न निर्देशन दिएको जनाइएको छ।

त्यसैगरी मन्त्रालयको निर्णय पालिकाहरूले अवज्ञा गरे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (डीसीएमसी) को निर्देशनमा माघ मसान्तसम्म विद्यालय बन्द गरिने समेत बताइएको छ ।
सीसीएमसीको सिफारिसअनुसार यसअघि शिक्षा मन्त्रालयले गरेको निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएपछि प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीएमसीलाई अधिकार दिइएको छ।
शिक्षा मन्त्रालयले यसअघि माघ १५ सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर आफ्नो पालिकामा कोभिड महामारीको जोखिम न्यून रहेको भन्दै केही स्थानीय तहले भौतिक उपस्थितिमा नै पठनपाठनलाई निरन्तरता दिएका छन् ।
पछिल्लो पटक सीसीएमसीले माघ मसान्तसम्म विद्यालय बन्द गर्नुपर्ने राय दिएको छ । उक्त रायसहित विद्यालय बन्दका लागि गृह मन्त्रालय र शिक्षा मन्त्रालयमा सिफारिस गरिएको सीसीएमसीका सचिव रामप्रसाद थपलियाले जानकारी दिए । ‘यसमा डीसीएमसीलाई नै बढी भूमिका दिने भनिएको छ, हामीले लेखेर पठाइसकेका छौं,’ उनले भने ।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here