युवाको बढ्दो क्रिप्टो र नेटवर्किङको क्रेजले अर्थतन्त्रमा जटिलता

काठमाडौ । बैंकबाट निक्षेप बाहिरिने क्रम जारी छ। बैंकहरूले ऋण लगानी गर्न सकेका छैनन्। रेमिट्यान्स घट्दो अवस्थामा छ। साउनदेखि रेमिट्यान्स लगातार घटिरहेको अवस्था छ। पुँजीगत खर्चसमेत हुन सकिरहेको छैन। विदेशबाट आउने रेमिट्यान्स घट्नु र यहाँ निक्षेप बाहिरिनुका साथै कर्जाको माग बढ्नुमा युवाको बढ्दो क्रिप्टो र नेटवर्किङको क्रेज भएको जानकार बताउँछन्। अहिले नेटवर्किङमा हजारौं जोडिएको आशंका छ।
पिरामिड सदस्यताका नाममा अर्बाै रकम बाहिरिएको हुन सक्ने अर्थविद्हरूको आकलन छ। माघ लागेयता १० दिनमा बैंकबाट ३० अर्ब रुपैयाँ निक्षेप झिकिएको छ। बैंकमा नयाँ निक्षेप थपिनुको सट्टा भएको झिकिन थालेपछि निक्षेप कहाँ गइरहेको छ भन्ने विषय गम्भीर सोचनीय विषय भएको बैंकहरू बताउन थालेका छन्। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here