सिसिएमसीको सुझाव; शैक्षिक संस्था माघ मसान्तसम्म भौतिक उपस्थितिमा नगराउनु

काठमाडौ । कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) ले शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ। 
शुक्रबार बसेको सिसिएमसीको बैठकले शिक्षक  संस्थाहरू भौतिक रूपमा माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरेको प्रवक्ता तथा सहसचिव सुनिता नेपालले जानकारी दिइन्। 
उनका अनुसार शिक्षण संस्थाहरूले वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्न भने सक्ने बताइन्। यसअघि कोरोनाको संक्रमण तीव्र गतिमा फैलिएपछि माघ १५ गतेसम्म हिउँद बिदाको रूपमा दिन भनेको थियो। 

तर अझै संक्रमण नियन्त्रणमा आइनसकेको हुँदा त्यसलाई लम्ब्याउन सिफारिस भएको हो।  
‘हामीले शैक्षिक संस्थाहरू बन्द गर्न सिफारिस गरे पनि वैकल्पिक र अनलाइन माध्यमबाट पढाइ सञ्चालन गर्न भनेर सिफारिस गरेका छौं,’ उनले भनिन्। 
यस्तै, कोरोना फैलिएपछि विश्वविद्यालयले सञ्चालन गरेका परीक्षाहरूमा पनि असर परेको थियो। विश्वविद्यालयले सञ्चालनमा रहेका परीक्षालाई स्थगित गरेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here