पौवा दरबार संरक्षण समाजद्वारा खोप भण्डारणको लागि स्वास्थ्य संस्थालाई फ्रीज हस्तान्तरण

धादिङ । स्थानीय सरकारलाई पटक पटक माग गर्दा पनि वडा तथा नगरपालिकाको ध्यानाकर्षण नभए पछि नीलकण्ठ नगरपालिका आधारभूत स्वास्थ संस्थालाई अति आवस्यक विभिन्न किसिमका खोप भण्डारणको लागि फ्रीज सहयोग स्वरुप पौवा दरबार संरक्षण समाजद्वारा हस्तान्तरण गरिएको संस्थाका सह-सचिब खिल नारायण श्रेस्ठले होराईजन खबरलाई बताए ।

पौवा दरबार संरक्षण समाजका अध्यक्ष सुर्य तामाङ, सल्लाहकार सयोजक हरि बहादुर श्रेस्ठ लगायत उक्त वडाको वडा अध्यक्ष शिबराज गिरिको प्रमुख आतिथ्यतामा उक्त फ्रीज हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

गत बर्षको साउनमा श्रीमानको मृत्यु पछि काजकिरिया खर्च नभएका नीलकण्ठ न.पा. ४ निवासी सुनिता नेपालीलाई आर्थिक सहयोग संस्थाले हस्तान्तरण गरिएको थियो ।

त्यस्तै संस्थाको कोषबाट गत बर्ष निलकण्ठ न.पा. ४ निवासी श्रीमती मुटु रोगि र कान्छा छोरा गणेश बस्नेत आपाङ्ग भएको एबं आर्थिक रुपमा अत्यन्तै कमजोर भएको भोज बहादुर बस्नेतलाई पनि २०७२ सालको महाभुकम्पले भत्काएको आवास भवन निर्माण गरि हस्तान्तरण गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here