२३ वाणिज्य बैंकको रिपोर्ट सार्वजनिक; ग्लोबल आइएमईको मुनाफा सबैभन्दा धेरै

आर्थिक खबर । २७ वटा वाणिज्य बैंकमध्ये २३ वटाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने मध्ये ३ बैंकले ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा गरेका छन् ।
ग्लोबल आइएमई, एनआइसी एसिया र नबिल बैंकले दुई अर्ब बढि मुनाफा गरेका छन् भने १४ बैंकले १ अर्ब बढि मुनाफा गरेका छन् । ६ वाणिज्य बैंकले एक अर्ब कम मुनाफा गरेका छन । २३ वाणिज्य बैंकको मुनाफा २९ अर्ब रुपैयाँ भन्दा बढी रहेको छ ।

ग्लोबल आइएमईको मुनाफा सबैभन्दा धेरै

दोस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै मुनाफा गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ । बैकले सबैभन्दा बढि २ अर्ब ६६ करोड ३३ लाख रुपैयाँ मुनाफा गरेका छ। सिभिल बैंकले भने मुनाफा सबैभन्दा आकर्षक वृद्धि गरेको छ । ५ बैंकको मुनाफामा भने गिरावट आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here