एकै दिन कोरोनाको कारण १६ जनाको मृत्यु, थप १० हजार २५४ जनामा संक्रमण पुष्टि

माघ – ८ । पछिल्लो २४ घण्टामा १० हजार २५४ कोरोना संक्रमित थपिएका छन् । एन्टिजेन र पीसीआर विधिबाट २० हजार १८७ परीक्षण हुँदा १० हजार २५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ । १४ हजार ४६२ पीसीआर परीक्षण हुँदा ८ हजार २१२ र ५ हजार ७२५ एन्टिजेन परीक्षणमा २ हजार ४२ जनामा संक्रमण देखिएको हो । 

यस्तै २४ घण्टामा ७०८ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख २० हजार २८३ पुगेको मन्त्रालयले तथ्यांकमा उल्लेख छ । २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ लाख ९६ हजार ८५७ ले खोप लगाएका छन् ।
सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here