सवारीसाधनमा मास्क अनिवार्य लगाउन र सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले कोरोना संक्रमणलाई मध्यनजर गर्दै नागरिक सचेतना अभियान सुरु गरेको छ ।

बिहीबार महाशाखाले काठमाडौंको सुन्धाराबाट कोरोनाबाट बच्नका लागि आम नागरिकहरुलाई मास्क लगाउन अनुरोध गर्दै नागरिक सचेतना अभियान सुरु गरेको हो ।

महाशाखाले सार्वजनिक सवारीसाधनमा मास्क अनिवार्य लगाउन र सिट क्षमताभन्दा बढी यात्रु नचढाउन आग्रह गरिएको पर्चा तथा पम्प्लेट समेत टाँसेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले कोरोना संक्रमण तीव्र भइरहेकाले आम नागरिकलाई सचेत गराउनका लागि यो अभियान सुरु गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here