नेत्रावति डबजाेङमा लगाइएको ताला खोलीयो, शुक्रबार अख्तियार टोली पालिका जाने

धादिङ । नेत्रावति डबजाेङ गाउँपालिकामा भएकाे चरम भ्रष्टाचार अनियमितता, गाउँ सभामा सदस्यहरुलाई जानाकारी नगराई गरेकाे बजेट बिनियाेजन साथै बिबिध माग राख्दै नेपाली काङ्ग्रेस नेत्रावती कार्यसमितीले गाउँपालिकामा पाैष २५ गते देखि गरिएकाे तालाबन्दी खुलाएका छन ।

धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल समक्ष तालाबन्दि बिषयमा भएकाे छलफलबाट पालिकामा भएकाे अनियमितताकाे बिषयमा तुरुन्त छानविन गर्ने वचन पश्चात् ताला खोलिएको नेपाली कांग्रेस नेत्रावति डबजाेङका सभापति ठाकुर गरुङले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत जानकारी गराए । साेही अनुरुप यहि शुक्रबार अख्तियार टोलि छानविनमा गाउँपालिकामा जाने र पालिका भित्रका भ्रष्टाचारको छानबिन गरि दोषी उपर कार्बाही गरिने हुँदा सम्पुर्ण पालिका बासीलाई छानबिनमा सहयोग गर्न समेत अनुरोध गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here