रुबिभ्यालि ५ को रुप्टुङदेबि प्रा.बि.का विद्यार्थीहरुलाई झोला र हिटिङ ब्याग बितरण

माघ – ४ । रसियन नागरिक नाइस्ता द्वारा धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबिभ्याली गाउँपालिका वडा न. ५ को रुप्टुङदेबि प्राथमिक विद्यालयका सम्पुर्ण १३७ विद्यार्थीहरुलाई झोला र १५० वटा तातो पानीले सेक्ने ब्याग हिटिङ ब्याग (heating Bag) सम्पुर्ण विद्यार्थी, विद्यालयमा कार्यरत सम्पुर्ण शिक्षक एबं अन्य उपस्थित ब्यक्तिहरुलाई समेत आज एक कार्यक्रमका बिच बितरण गरिएको रुबिभ्याली ५ का वडा अध्यक्ष धिराज तामाङले बताउनु भयो ।

साथै रसियन नागरीक नाइस्ताले विद्यालयमा अझै केही समय बसेर अन्य विभिन्न रचनात्मक गतिविधि चित्रकला , शैक्षिक सामाग्री निर्माण गर्न सिकाउनुको साथै शारीरिक ब्यायाम समेत सिकाउने तामाङले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here