आज एकैदिन थप १० हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, माघ – ४ । नेपालमा पछिल्लो २४ घण्टामा १० हजार २५८ जना कोभिड–१९ संक्रमित थपिएका छन् । २२ हजार ८२८ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २५८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण एकजनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६२४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५६२ जना संक्रमणमुक्त भएका छन् ।
नेपालमा कोभिड–१९ का सक्रिय संकमितको संख्या अहिले ३९ हजार ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here