स्वेता खड्कालाई कोरोना संक्रमण पुष्टि

काठमाडौ । नायिका स्वेता खड्कालाई कोरोना भाइरस संक्रमण भएको छ। नायिका खड्काले मंगबालर सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी गराएकी छन्।

उनले स्वाब परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको र आफू चाँडै निको भएर फर्किने बताएकी छन्। ‘ म कोरोना संक्रमित भएँ। निको भएर चाँडै फर्केने छु। सबैजना सुरक्षित रहनुहोला,’उनले फेसबुकमा लेखेकी छन्।
पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमण तीव्ररुपमा फैलिरहेको छ। सोमबार देशभर ६ हजार ७३४ जना संक्रमित थपिएका थिए। काठमाडौं उपत्यकामा मात्रै ४ हजार जनामा संक्रमण देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here