६ सय बर्ष पुरानो गिलिङचो गुम्बाको धार्मिक, साँस्कृतिक एबं ऐतिहासिक लुकेको रहस्य

धादिङ । करिब ६ सय बर्ष पुरानो खनियाबाँस वडा न. १ साबिक झार्लाङ गा.वि.स. मा रहेको गिलिङचो गुम्बा धार्मिक, साँस्कृतिक एबं पर्यटकीय हिसाबले धादिङ कै एक उत्कृष्ट स्थान हो ।

लामो समय देखीको इतिहास बोकेको यश गुम्बा रहस्यमय रहेको जानकार हरु बताउछन । धादिङ जिल्ला भरी मै यस गुम्बालाई पुरानो गुम्बाको रुपमा पनि मानिन्छ । २०७२ सालको भूकम्पले भौतिक क्षेति भएता पनि त्यहाको सुन्दर एबं धार्मिक महत्त्व बोकेको गुम्बा परिसरले पर्यटकहरुलाई मोहित पार्ने किसिमको रहेको छ ।

यस मन्दिरको अलि तल एउटा ठुलो सुन्दर पोखरी पनि रहेको छ । यस पोखरीको वरिपरि चारै तिर माँनेहरू छन।साथै माँनेहरु राख्नुको रहस्य भने छुट्टै रहेको बताउछन । माँने निकै लामो समय अगाडी स्योंदेन लामाहरु गुम्बामा आऊदा त्यस पोखरीमा बसेको (ङयम्बो)अर्थात डयनोसर जस्तो , जीवले, त्यस पोखरीमा बसिरहेकै ठाऊबाट चुम्बकीय बस्तुले फलाम तान्या जसरी स्योङदेन लामाका सदस्यहरुलाई तानेर खाने र त्यस ठाऊबाट लगभग २ किलोमिटर जत्ति हड्डीहरु फाल्ने क्रम निरन्तर बढेको हुनाले एक दिन ती स्योङदेन समूहले माथी गुम्बाको चौरमा बसेर ढुङगालाई तताउदै फालेर त्यहाको(ङयम्बो)लाई भगाए पछि अब उफ़्रान्त कहिले नआओस भनेर माँनेको निर्माण गरिएको थियो । साथै त्यस पोखरी ती जीबले छोडे पछि निर्माण भएको गुम्बाका लामा भक्तहरुले बताए र अहिले औसी पूर्णीमा झाक्रीहरु नाच्ने बताउछन।

धार्मिक, साँस्कृतिक रहस्यमय इतिहास बोकेको यस गुम्बालाई अहिले सम्म कुनै पनि सरकारी निकायले ध्यान नदीएको समाजसेवी सुन्दर तामाङ बताउनु हुन्छ । पोहोर साल जम्मा १० लाखको रकम पालिकाले दिए पनि उक्त १० लाखले पोखरी वरिपरी माँने निर्माण मात्रै गरिएको छ ।

यसर्थ गुम्बालाई थप सुन्दर र यसको साँस्कृतिक महत्त्वलाई जिवित बनाई भाबी पुस्ताले पनि यसको महत्त्व बुझ्न् देख्न, पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न एबं दिनप्रतिदिन लोप हुँदै गएको परम्परागत धर्म संस्कृतीको जगेर्ना गर्न स्थानीय सरकार, प्रदेश एबँ केन्द्रिय सरकारले पनि विशेष ध्यानाकर्षण भै विभिन्न खाले आर्थिक कार्यक्रम तथा योजनाहरु ल्याउनु पर्ने आवस्यक देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here