आज ८ अर्बको सेयर कारोबार, केहि कम्पनीको सेयर मूल्यमा वृद्धि

काठमाडौँ । बुधबार सेयर कारोबार रकममा उल्लेख्य वृद्धि भएको छ । कुल ८ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार ६ अर्ब ७२ करोडको कारोबार भएको थियो । कारोबार रकम बढे पनि बजारको परिसूचक नेप्से भने घटेको छ । नेप्से ३०.५ अंकले घटेसँगै २८०३ अंकमा कायम भएको छ । कुल २९ कम्पनीको मूल्य बढेको छ भने १५८ को घट्यो । ३ कम्पनीको मूल्य भने स्थिर रहेको छ । 

बैंकिङ २२, विकास बैंक १२२, फाइनान्स ५७, होटल तथा पर्यटन ७८, जलविद्युत ६, जीवन बीमा १८९, माइक्रोफाइनान्स ६१, निर्जीवन बीमा २६६ र अन्य उपसमूह ७६ अंकले घटे । व्यापार २०, उत्पादन ६ र लगानी उपसमूह २ अंकले बढे ।
४ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । कर्पोरेट डेभलपमेन्ट, निफ्रा, नारायणी डेभलपमेन्ट र मध्यभोटेकोसी जलविद्युतको मूल्य १० प्रतिशतले बढेको हो । हिमालय उर्जा विकासको मूल्य सबैभन्दा धेरै ६.२ प्रतिशतले घट्यो । नेपाल बंगलादेश बैंक उच्च कारोबार रकमका आधारमा अगाडि रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here