शिक्षा मन्त्रालय द्वारा माघ १५ गते सम्म विद्यालय बन्द गर्ने निर्णय

काठमाडौ । देशभरिका सबै आधारभूत तथा माध्यमिक विद्यालयहरूमा वार्षिक विदामा मिलान हुनेगरी यही २०७८ पुस २७ गतेदेखि २०७० माघ १५ सम्म विदा दिने निर्णय गरेको हो । सो अवधिमा १२ वर्ष देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम रहेकाले विद्यालयसँग सम्पर्क गरी तोकिएको दिनमा खोपलगाउने कार्यमा आफ्ना बालबालिकाहरूलाई पठाइदिन हुन सबै अभिभावकहरूमा अनुरोध गरेको छ। 

आइतबार मात्र कोभिड १९ सङ्क्रमण व्यवस्थापन समन्वय समिति (सीसीएमसीसी) ले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न शिक्षा मन्त्रालयलाई सिफारिस गरेको थियो।
जनस्वास्थ्यविदहरूको सल्लाहअनुसार आइतबार मात्र सीसीएमसीसीले आधारभूत र माध्यमिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन तथा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित परीक्षा मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्न सरकारलाई सिफारिस गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here