माघे संक्रान्तिको अबसरमा पहिलो पटक धादिङको ज्यामरुङमा गोरु जुझाई तथा गिर प्रतियोगिता हुने

धादिङ । पहिलो पटक ज्यामरुङमा माघे संक्रान्तिको अबसर पारेर गोरु जुधाई अर्थात् (बुल फाईट) र गिर प्रतियोगिता हुन हुने भएको छ ।
प्रतियोगिता को आयोजना निलकन्ठ नगरपालिका वडा न. ११ का स्थानीय बासीहरुको को सहयोगमा समपन्न हुन लागेको हो ।
“पुराना लोपोन्मुख खेलहरुको संरक्षण गर्नु आजको आबश्यकता ” भन्ने मुल नारा सहित आयोजक
गर्न लागिएको हो । नुवाकोटको तारुका धादिङको खाल्टे लगायतका ठाँउहरुमा बिगतका बर्षहरु देखी नै बुल फाईट प्रतियोगिता अर्थात् गोरु जुधाई हुँदै आएको छ । भने लोप हुँदै गएको गिर खेल्ने प्रतियोगिता ज्यामरुङमा गराउन सकेमा धार्मिक, ऐतिहासिक, र पर्यटन क्षेत्रमा समेत थप प्रचार प्रसारमा महत्वपूर्ण भुमिका खेल्ने ज्यामरुङका उद्योगी, ब्याबसायी, भुतपुर्ब शिक्षकहरु,पर्यटन क्षेत्रमा कार्यरत ब्यक्तिहरु लगायत स्थानियहरु बताउँछन् ।
वडा लाई पटक पटक यस्ता कार्यक्रमहरु गर्न गराउन ध्यानाकर्षण गराए पनी कुनै कार्य वडाबाट नभएको युवाहरु बताउँछन् । प्रतियोगितामा समाबेश हुन कुनै शुंल्क नलाग्ने र प्रतियोगिता मा समाबेश हुने २ खेलहरुका प्रतियोगिताको बिजेताले निम्न पुरस्कार प्राप्त गर्नेछन् ।

१. बुल फाईट अर्थात् साँढे जुधाई
पुरस्कार -प्रथम:- ३,०००/-
दृतिय:-२,०००/-
तृतिय:-१,०००/- रहेको छ,!

२. गिर प्रतियोगिता
पुरस्कार-प्रथम:-३,०००/-
दृतिय:-२,०००/-
तृतिय:-१,०००/- रहेको छ!
ज्यामरुङ बुल फाईट अर्थात्
( गोरु जुधाई) तथा गिर प्रतियोगिता को कार्यक्रम संयोजक ईश्वरी बहादुर लंम्साल रहनुभएको उज्जल धमलाले होराईजन खबरलाई जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here