माघे संक्रान्तिको अबसरमा निलकन्ठ ११ धमला गाउँ धादिङमा प्रथम ‘गिर प्रतियोगिता’ हुने

धादिङ । पुस २४ गते राजधानीको सगुन क्याफेमा समपन्न
विभिन्न पेसा र ब्याबसाय संग सम्बन्धिंत ब्यक्तिहरुको भेलाले प्रथम पटक ज्यामरुङ्गमा गिर प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

यस प्रतियोगिताले ज्यामरुङको प्रचार प्रसारमा थप महत्वपुर्ण भुमिका खेल्ने आयोजक पक्षको दाबी रहेको छ । उक्त भेलामा निलकन्ठ न पा ११ ज्यामरुङका विभिन्न पेसा, ब्याबसाय, भुतपुर्ब शिक्षक, ईन्जिनियर लगायत को उलेख्य उपस्थिति रहेको थियो । इस्वरी ब.लंम्सालको संयोजकत्वमा उक्त प्रतियोगिता संन्चालन समिती गठन भएको हो । गिर पुरानो ईतिहास बोकेको खेल हो । यसको संरक्षण र संबर्दन गर्नु सबैको दायित्व भएकोले उक्तं खेलको आयोजना गर्न लागेको आयोजक पक्षले बताए । भने टिमदर्ता, प्रचारप्रसार र पुरस्कार बारे आयोजकले अर्को सुचना मार्फत जानकारी गराउने उज्जल धमलाले होराईजन खबरलाई बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here