एमाले धादिङले पायो नयाँ जिल्ला नेतृत्व; सर्वसम्मत रुपमा चयन

धादिङ, पौष – २५ । नेकपा एमालेको आठौँ जिल्ला अधिवेशनले जिल्लाको सिंगो पदाधिकारी टिम र सदस्यहरू सर्वसम्मत रुपमा चयन गरेको छ ।

आईतबार सम्पन्न जिल्ला अधिवेशनले भूमि त्रिपाठीको अध्यक्षतामा एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । यस्तै उपाध्यक्षमा धन बहादुर घले सचिवमा अर्जुन कुमार श्रेष्ठ(गोर्खाली) उपसचिवमा हरिराम लोहनी र राधिका सापकोटा चयन भएका छन ।

यसअघि पनि जिल्ला अध्यक्ष रहनुभएका त्रिपाठी निर्विरोध अध्यक्ष चयन हुनुभएको थियो। त्रिपाठी धादिङ क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य समेत हुनुहुन्छ।
शनिबार भएको बन्दसत्रबाट मनोनयन दर्तामा ४ पदाधिकारी सहित एकसय सदस्यका लागि २ सय ५८ जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, अध्यक्ष मण्डलद्धारा सर्वसम्मत नेतृत्व टुङ्गाएको हो।

शुक्रबारदेखी सुरु भएको अधिवेशनमा जिल्लाभरबाट सात सय १ जना प्रतिनिधि सहभागी थिए।अधिवेशनको नेकपा एमाले स्थायी कमिटिका सदस्य एवम केन्द्रिय लेखा आयोगका अध्यक्ष डा.पुष्पराज कँडेलले उद्घाटन गर्नुभएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here