धादिङ सहित एमालेको २२ जिल्लामा नेतृत्व चयन, कहाँ को अध्यक्ष ?

काठमाडाैं । नेकपा (एमाले)को २२ जिल्लामा नेतृत्व चयन भएको छ भने बाँकी जिल्लामा चुनावी प्रक्रिया चलिरहेको छ।
एमालेले देशैभर एकै पटक २३ पुसमा जिल्ला अधिवेशन उद्घाटन गरेको थियो। त्यसमध्ये २२ जिल्लामा नेतृत्व चयन भएको जनाइएको छ।
आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको छैन। ति जिल्लामा सहज अवस्था बनेपछि जिल्ला अधिवेशन हुनेछ।
आइतबार बिहानसम्म २२ जिल्लामा नेतृत्व चयन भएको छ। केहीमा निर्विरोध र केहीमा चुनावी प्रक्रियाबाट नेतृत्व चयन भएको हो।
नेतृत्व चयन भएका जिल्लाः
प्रदेश १
१) झापाः दीपक कार्की
२) मोरङः ऋषिकेश पोखरेल
३) खोटाङः रामप्रसाद दंगाल
४) धनकुटाः इन्द्रमणि पराजुली
प्रदेश २
१) सप्तरीः ताराकान्त चौधरी
बागमती
१) धादिङः भूमी त्रिपाठी
२) काभ्रेः अशोक ब्यान्जु
३) भक्तपुरः बचन देउजा
४) रसुवाः कर्णेल तामाङ
गण्डकी
१) गोरखाः प्रेम गुरुङ
२) तनहुँः श्रीप्रसाद श्रेष्ठ
लुम्बिनी
१) पाल्पाः धनेन्द्रराज घिमिरे
२) गुल्मीः बालकृष्ण काउछा मगर
३) अर्घाखाचीः पिताम्बर भुसाल
४) बाँकेः किस्मतकुमार कक्षपती
५) बर्दियाः लालबहादुर श्रेष्ठ
६) दाङः हुकुमबहादुर बस्नेत
७) रुपन्देहीः तेजेन्द्र केसी
८) कपिलवस्तुः डम्मर शर्मा
९) नवलपरासी (पश्चिम): दीपेन्द्र अधिकारी
कर्णाली
१) डोल्पाः शेरबहादुर बुढा
२) सल्यानः गोविन्द पुन मगर
गैरभौगोलिक जिल्ला
१) मजदूर विशेषः जितेन्द्र श्रेष्ठ
२) पेशागत विशेषः उमेश ढकाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here