भुमी त्रिपाठी नेकपा एमाले धादिङको अध्यक्षमा सर्वसम्मत चयन

धादिङ । नेकपा एमाले धादिङको ८ औँ जिल्ला अधिेशनबाट भुमी त्रिपाठी सर्वसम्मत अध्यक्षमा चयन भएका छन । संघीय सांसद समेत रहेका त्रिपाठी निवर्तमान अध्यक्ष पनि हुन् ।

त्यस्तै उपाध्यक्षमा धनबहादुर घले, उमेश कुमार थापा र गंगादेवी श्रेष्ठको उम्मेदवारी परेको छ । घले संविधानसभा सदस्य हुन् भने श्रेष्ठ निवर्तमान जिल्ला कमिटि सचिवालय सदस्य हुन् ।

सचिवमा हरिराम लोहनी, अर्जुनकुमार श्रेष्ठ ‘गोर्खाली’ को उम्मेदवारी परेको छ । लोहनी निवर्तमान जिल्ला कमिटि सचिवालय सदस्य हुन्  भने गोर्खाली निवर्तमान जिल्ला कमिटि सचिव हुन् ।

अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र एक तिहाई महिला र समावेशीलाई समेटेर १०५ सदस्यीय जिल्ला कमिटि चयन गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here