निलकन्ठ ११ ज्यामरुङका विभिन्न पेसा र ब्याबसाय संग सम्बन्धिंत ब्यक्तिहरुको बृहत् भेला सम्पन्न

काठमाडौ – पौष – २४ । निलकन्ठ नगरपालिका वडा नं ११ ज्यामरुङ स्थायी घर भई विविध पेसा संग सम्बन्धित ब्यक्ति हरुको बृहत् उपस्थिति सहितको छलफल कार्यक्रम सम्पन्न भएको उज्जल धमलाले होराईजन खबरलाई बताउनु भयो ।
उक्त कार्यक्रममा उद्योगी, व्यापारी, पर्यटन ब्याबसायी, ईन्जिनियर, भुतपुर्ब शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रम को मुल नारा
हाम्रो गाउँ,हाम्रो ठाउँ,हाम्रो संसार
म बन्छु ,म बनाँउछु ।
हामी बन्छौं ,हाम्रो बनाँउछौं।।
हामिले नगरे कसले गर्ने,
अहिले नगरे कहिले गर्ने,!

भन्ने रहेको थियो! उक्त कार्यक्रम को भाब बारे उपस्थिति हरुले विभिन्न धारणाहरु राखेका थिए,जसअनुसार ,,!
१.गोला भन्ज्याङ- चाँपभन्ज्याङ दरबार ,धमला-गाउँ गैरी गाउँ सडक स्थरउन्नती,!
२.शहर केन्द्र बित्तिय-संस्थाहरुलाई गाउँ केन्द्र बनाउने बारे,!
३.बिपन्न सामुदायहरुलाई आत्मनिर्भर बनाउने बिषय,!
४.ज्यामरुङबासिले भोग्दै आएको गुठीको बिषय,!
५.पर्यटन को माध्यम बाट ज्यामरुङको प्रचार प्रसार!
६.बिज्ञ सहितको स्थानिय कृषि उपजहरुको बजार र कृषि आधुनिकिकरण गरी कृषि सहकारिको स्थापना,!
७.ईश्वरी बहादुर लंम्साल को संयोजकत्वमा माघे सक्रांन्ती २०७८ लाई प्रभाबकारी बनाउन निलकन्ठ नगरपालीका वार्ड नं ११ धमला गाँउको (आल) भन्ने स्थानमा स्थानिय साँस्कृतिक कार्यक्रम को साथमा लोप हुँदै गएको (गिर) खेल्ने कार्यक्रम!
लगायतका बिषयबस्तु हरुमाथी बृहत् छलफल भएको छ,! भने उक्त कार्यक्रम को संन्चालक सहदेब धमलाले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here