प्रधानमन्त्री देउवा र ओलीबीच गोप्य भेट वार्ता

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच एक घण्टा एक्लाएक्लै वार्ता भएका छ।
दुवै नेताबीच शनिबार बिहान एमाले अध्यक्ष ओली निवास बालकोटमा वार्ता भएको हो। ओलीसँग भेटवार्ता गर्न प्रधानमन्त्री देउवा बिहान साढे १० बजे बालकोट पुगेका थिए।
एमाले अध्यक्ष ओलीको सचिवालयका अनुसार, उनीहरूबीच साढे ११ बजेसम्म एक्लाएक्लै वार्ता भएको छ। वार्तामा संसद्को अवरोध खुलाउने विषयसँगै समसामयिक राजनीतिबारे छलफल भएको जनाइएको छ।
दुई नेताबीच भएको छलफलका विषयमा केही खुलाइएको छैन। वार्तापछि प्रधानमन्त्री देउवाले कुनै प्रतिक्रिया दिएनन्। एमाले अध्यक्ष ओलीले भने राम्रो कुराकानी भएको प्रतिक्रिया दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here