बेमौसमी बर्षाले बालिमा पुराएको क्षेतिको राहत तुरुन्त दिन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश

धादिङ, पुस – २२ । नेपाल मानव अधिकार संगठनमा आबद्ध नागरीक समाजका अगुवाहरूद्वारा गत कार्तिक महिनामा भएकाे बेमाैसमी बर्षाकाे कारणले धानबालीमा पुर्याएकाे क्षतिको राहत छिटोभन्दा छिटो उपलव्ध गराउन आग्रह गर्दै धादिङका प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापन पत्र पेश गरिएको छ ।

उक्त ज्ञापन पत्र सहायक जिल्ला अधिकारी एबं कृषि ज्ञान् केन्द्रकाका प्रमुखको रोहवरमा प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन ।

साथै प्रमुख जिल्ला अधिकारीले सबै स्थानीय तहलाई आइतबार भित्रमा राहत बितरण गरिसक्न तुरुन्त निर्देशन दिने एबं बाग्मती प्रदेशबाट ५ लाख रुपैया गहुँ र तोरी बाली नोक्सान भएकाहरुलाई राहत स्वरुप प्रदान गर्नको निम्ति प्राप्त भैसकेको र उक्त रकम पनि तुरुन्तै बितरण गरिने बताउनु भयो ।

गत कार्तिकमा बेमौसमी बर्षाले क्षेती भएका स्थानीय तहका कृषकहरूको विवरण !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here