अष्ट्रेलिया र जापानले सुरक्षा सहकार्य सन्धिमा हस्ताक्षर गर्दै

अन्तर्राष्ट्रिय खबर, मेलबर्न । अष्ट्रेलिया र जापानले रक्षा र सुरक्षा सहकार्य सन्धिमा हस्ताक्षर गर्ने भएका छन्। दुवै मुलुकले रक्षा र सुरक्षा सहकार्य बलियो पार्न बिहीबार भर्चुअल समिटमार्फत् सो सन्धिमा हस्ताक्षर गर्ने भएका हुन्।
कोभिड-१९ लाई मध्यनजर गर्दै जापानी प्रधानमन्त्री फुमिओ किशिदाले अष्ट्रेलिया र अमेरिकाको भ्रमण रद्द गर्ने निर्णयपछि भर्चुअल समिटबाटै भए पनि दुई मुलुकले सो सन्धिमा हस्ताक्षर गर्न लागेका हुन्।
दुई देशका शीर्ष नेताले रिसिप्रोकल एक्सेस एग्रिमेन्ट नामक सो सन्धिमा पहिलो पटक हस्ताक्षर गर्न लागेको अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्। सो हस्ताक्षरपछि जापान र अष्ट्रेलियाको रक्षा बलको नयाँ कार्यदिशा हुने मोरिसनले बताएका छन्।