शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने; मन्त्री देवेन्द्र पौडेल

बाग्लुङ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने बताएका छन्। बागलुङको बलेवास्थित गणेश माध्यामिक विद्यालयको ४१औँ वार्षिकोत्सव मूल समारोहको मंगलबार उद्घाटन गर्दै पौडेलले शिक्षकहरू बिरामी पर्दा उपचारमा सहजताका लागि नेपाल सरकारले शिक्षक अस्पताल निर्माण गर्ने योजना बनाएको बताएका हुन्। 
उनले मन्त्रिपरिषदबाट निर्णय गराएर तत्काल कार्यान्वयनमा लैजाने जानकारी दिदै सम्पूर्ण सेवा निवृत शिक्षकको हितका लागि प्रत्यक स्थानमा पुस्तकालयको व्यवस्थापन गर्ने बताए। उनले आफनो गृहजिल्ला बागलुङ र बलेवा क्षेत्रको शैक्षिक क्षेत्रको विकासका सहयोग गर्न तयार रहेको पनि जनाकारी दिए।
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here