राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन द्वारा केन्द्रीय समितिमा ३१ सदस्य मनोनीत

काठमाडौ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय कार्यसमितिमा ३१ जना सदस्य मनोनीत गरेका छन् । लिङ्देनले कार्यसमितिमा दीपक बोहोरा, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्ती मगर, टंक ढकाल, प्रेमबहादुर भण्डारी, निरञ्जन थापा, भीमप्रसाद गौचन, हेमजंग गुरुङ, ठाकुरप्रसाद शर्मा, रामकुमार सुब्बालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका हुन् । 

त्यस्तै अन्य मनोनीत सदस्यमा मुकुन्दश्याम गिरी, दिनेश श्रेष्ठ, गीताभक्त जोशी, भक्तिप्रसाद सिटौला, मोहन श्रेष्ठ, झनक प्याकुरेल, श्यामबहादुर शाही, एजी शेर्पा, पुष्पराज पुरुष, रमानन्द न्यौपाने, सरोजा शर्मा रहेका छन् ।
त्यसैगरी रामप्रपात साह, रविन चाम्लिङ, उदयराज पोखरेल, सरस्वती केसी अधिकारी, दिनेश कार्की, वीरेन्द्र वम, केशवचन्द्र समाल, अम्बरबहादुर विष्ट, नवीक शाही रहेका छन् ।
राप्रपाको विधानअनुसार केन्द्रीय कमिटी १ सय ९९ सदस्यीय हुनेछ । जसमा मंसिरको दोस्रो साता भएको महाधिवेशनले १ सय ४९ सदस्य निर्वाचित गरेको थियो । ३१ सदस्यको मनोनयनपछि राप्रपाको केन्द्रीय कार्यसमिति १ सय ८० सदस्यीय भएको छ ।

तर‚ कमल थापा पक्ष भने यो मनोनयनबाट असन्तुष्ट देखिएको छ । थापा निकट रहेका केन्द्रीय सदस्य राजाराम बर्तौलाले यसअघि महत्वपूर्ण जिम्मेवारीमा रहेका नेताहरू नसमेटेको र भौगोलिक, जातीय रुपमा पनि मनोनयन सन्तुलित नभएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here