प्रतितोला नौ सयले घट्यो सुनको मुल्य

काठमाडौ । आज मंगलबार सुनको मूल्य नौ सयले घटेर प्रतितोला ९२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। 
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ पुगेको छ। सोमबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। पछिल्ला केही दिनहरूमा सुन-चाँदीको मूल्यमा लगातार गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here