सेनाको अधिकृत क्याडेट पदमा २२९ जनाको लागि दरखास्त आह्वान

काठमाडौ । नेपाली सेनाले अधिकृत क्याडेट पदाका लागि दरखास्त आह्वान गरेको छ । भर्ना छनौट निर्देशनालय, कार्यरथी विभागले आइतबार एक सूचना जारी गर्दै योग्यता पुगेका नेपाली नागरिकलाई अनलाइनमार्फत दरखास्त फाराम भरी तोकिएको स्थानमा दरखास्त पेश गर्न आह्वान गरेको छ । 

सूचनाअनुसार खुलातर्फ १२०, बाँकी समावेशी गरी कुल २२९ जना माग भएको छ । दरखास्त माघ १७ गतेभित्र बुझाउनुपर्ने छ भने दोब्बर दस्तुर तिरेर माघ २४ गतेसम्म पनि बुझाउन सकिने सेनाले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here