काठमाडौंको टुडिखेलमा दुई बर्ष पछी माघी महोत्सव आयोजना हुँदै

काठमाडौ । काठमाडौंमा दुई वर्षपछि माघी महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभासहित विभिन्न जातीय संस्थाहरुको सहकार्यमा माघ १ गते माघी महोत्सव आयोजना हुन लागेको हो।

माघी महोत्सव मनाउनका लागि मूल आयोजक समिति गठन गरिएको छ। मूल आयोजक समितिको संयोजकको जिम्मा थारु कल्याणकारिणी सभालाई दिइएको छ। त्यस्तै बैठकले सदस्य सचिवको जिम्मेवारी थारु युवा सभाका अध्यक्ष कानुनलाल चौधरीलाई दिइएको छ। बैठकले विभिन्न उपसमितिहरु समेत गठन गरेको छ।
आयोजक समितिका सदस्य दिनेश चौधरीका अनुसार आर्थिक समितिमा चन्द्रप्रसाद चौधरी, स्टल तथा मञ्च व्यवस्थापनमा कानुनलाल चौधरी, साउन्ड सिस्टम समितिमा विजय चौधरी, साँस्कृतिक समितिमा नन्दुराज चौधरीलाई जिम्मेवारी दिइएको छ। माघी महोत्सव टुडिखेलमा आयोना हुने बताइएको छ। थारुहरुले माघीलाई नयाँ वर्षको रुपमा मनाउँदै आएको छ।