खाडी मुलुकमा कोरोना संक्रमण बढ्दै

पौष – १७ । कोभिड-१९ खाडी मुलुकका राष्ट्रहरूमा दैनिकरूपमा बढेको छ । साउदीअरेबिया, बहराईन, युएई, ओमन, कतार, इराक, कुवेतगरी हालसम्म ४६ लाख ६० हजार ५ सय ९३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसबाट संक्रमीत हुनेको संख्या दैनिकरूपमा बढेसंगै सम्बन्धित राष्ट्र सरकारले आवश्यक नियम लागु गरेका छन् भने नेपाली दुतावासहरुले पनि कार्यरत नेपालीलाई सचेत गराएका छन् ।
पुनः बढ्दो कोरोना भाइरसको कारणले बैदेशिक रोजगारमा रहेका लाखौँ नेपालीहरूको रोजगारी गुम्ने अवस्था देखिएको छ । खाडी मुलुकमा कोरोना भाइरसबाट हजारौं कम्पनी बन्द भएर लाखौ नेपाली स्वदेश फिर्ता भएका छन् भने खाडी र मलेसियामा गरि १५ लाखजति नेपाली कामदारहरू रहेका छन् ।
एनआरएन मध्यपूर्व उपसंयोजक राजेन्द्र अर्यालले खाडी मुलुकमा पुनः कोरोनाको ओमीक्रोन भेरियन्ट बढ्दो अवस्था रहेको हुँदा कार्यरत नेपालीलाई स्वास्थ्य सम्बन्धि सुरक्षा अपनाई आफूरहेको देशको कानूनको पालना गर्न र आवश्यक सहयोग चाहिएमा सम्बन्धित देशका एनआरएन टिमसंग सहकार्यगरी सहयोग लिनसमेत आग्रह गरेका छन् ।
खाडी मुलुकमा रहेका नेपाली दूतावासहरूले कार्यरत नेपालीको पासपोर्ट नविकरण लागि आफ्नो फेसबुक पेजमार्फत आवश्यक बिवरणसहित अनलाईन फारामको व्यवस्था गरेको छन् भने पासपोर्टको नविकरणका लागि आवश्यक कागज संकलनको सहजीकरणका लागि विभिन्न शहरमा अस्थायी कार्यालयकोसमेत व्यवस्था गरेको छन् । 
कोरोना भाइरसबाट हालसम्म खाडी मुलुकमा ४५ लाख ८४ हजार ६सय ६२ जना निको भएका छन् भने ४३ हजार ७ सय ८६ जनाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here