बाक्लो हिमपातको कारण उत्तरी धादिङका केही विद्यालयहरु बन्द; जनजीवन कष्टकर

धादिङ । मंगलबार रातीको अविरल बर्षा सगै सुरु भएको हिमपातले उत्तरी धादिङको जनजीवन प्रभावित भएको छ । मुख्य गरि रुबिभ्याली गाउँपालिकाको अधिकांश गाउँबस्तिमा यो समाचार तयार पार्दा सम्म बर्षा र हिमपात भैरहेको हाम्रा सम्बाददाताले बताए । रुबिभ्यालिका धेरै जसो गाउँहरु हिउँले पुरै धाकेका छन ।

हिमपात कै कारण रुबिभ्याली ५ को लापा मा.बी. बुधबारको लागि बन्द गरिएको त्यहाको एक स्थानीय शिक्षकले बताए । त्यसै गरि अन्य खोलिएका विद्यालयहरुमा पनि शिक्षकहरु उपस्थित भए पनि अधिकांश विद्यार्थीहरु भने अनुपस्थित रहेको हाम्रा सम्बाददाताले बताए ।

हिमपात भए सगै गोठमा लगिएका भेडाबाख्रा, चौरी, गाईगोरुको पनि विचल्ली भएको छ । स्थानीयहरुलाई वस्तुभाउ स्याहार्न र दाउरा ओत लगाउन भ्याइनभ्याई परेको छ । पानीका कारण करेसा बारीमा लगाएर सागपात समेत नष्ट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here