प्रचण्डको राजनीतिक प्रतिवेदनको छलफलले माओवादी केन्द्रको महाधिवेशन थप १ दिन लम्बिने

काठमाडौ, पौष – १३ । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन थप एक दिन लम्बिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरुले समय माग गरेपछि महाधिवेशन लम्बिने भएको हो ।

यसअघि महाधिवेशन मिति पुस ११ देखि १५ गतेसम्म तोकिएको थियो। माओवादी केन्द्रको महाधिवेशनमा प्रतिनिधिहरुको आजदेखि समूहगत छलफल सुरु भएको छ। माओवादी केन्द्रले राजनीतिक प्रतिवेदन र  विधान मस्यौदाको छलफलका लागि २५ समूह बनाएको छ। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here