मुक्तक मञ्च धादिङ साखाको बिस्तार; अध्यक्षमा गजेन्द्र गुरुङ

पौष – ७ । बि. स. २०६५ सालमा पोखरामा स्थापना भएको मुक्तक मञ्च संस्थाले पछिल्लो समय देश ब्यापी एबं अन्तर्राष्ट्रिय रुपमा पनि विभिन्न मुलुकमा रहेका मुक्तक प्रेमीहरुलाई एकताबद्ध गर्दै शाखा बिस्तार गर्दै आईरहेको छ ।

मुक्तकको उत्थान, हाम्रो अभियान भन्ने मूल उद्धोषलाई आत्मा साथ गर्दै मुक्तकको श्रीबृद्धिका निम्ती क्रियाशील मुक्तक मञ्चले धादिङमा शाखा उद्घाटन गरेको छ ।

जस्अनुसार धादिङमा गजेन्द्र गुरुङको नेतृत्वमा १३ सदस्यीय कार्यसमितिको गठन गरिएको छ ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष: गजेन्द्र गुरुङ
उपाध्यक्ष: हिसा अधिकारी
सचिव: सुरज घिमिरे
कोषाध्यक्ष: हरि कृष्ण सिटौला
सह-सचिव: सविना सुवेदी
सह-सचिव: सुस्मिता अर्याल
सदस्यहरु
डा. राज कुमार भुजेल
कल्याण सापकोटा
रियाज पौडेल
हरि बि सि
कुशल रिसाल
गीता खतिवडा
प्रदिप पोखरेल
सुस्मा नेपाल
नवराज इटनी
सौगात रिसाल

कार्यक्रम भर्चुअल माध्यमबाट भएको थियो जस्को अध्यक्षता केन्द्रिय अध्यक्ष राम्जी प्रसाद आचार्यले गर्नु भएको थियो । त्यसै गरि अन्य मुक्तककार बिशिस्ट साहित्यकारहरुको आतिथ्यतामा कार्यक्रम सप्पन्न भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here