नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बन्दै

काठमाडौ । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि ल्याएको ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ लोकप्रिय बन्दै गएको छ । दैनिक प्राप्त हुने प्याक सकिएपछि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस कल गर्न सकिने टेलिकमले जनाएको छ ।
त्यसैगरी प्याकमा उपलब्ध डाटा लिमिट सकिएपछि प्याकेजको बाँकी अवधिभरी ६४ केबीपीएसको स्पिडमा निःशुल्क डाटा चलाउन सकिनेछ । प्याक अवधिभरी ग्राहकले आफ्नो आवश्यकता अनुसार थप सुविधाहरु प्राप्त गर्न चाहेमा एड अन प्याक समेत खरिद गरी चलाउन सक्नेछन् ।
‘सजिलो अनलिमिटेड प्याक’ अन्तर्गत पोस्टपेडमा विभिन्न ४ प्याकहरु रहेका छन् । जसमा ५ सय ९९ रुपैयाँ, ७ सय ९९, ९ सय ९९ र एक हजार ४ सय ९९ रुपैयाँका प्याकहरु उपलब्ध छन् । सजिलो अनलिमिटेड पोस्टपेड ५ सय ९९ रुपैयाँ अफर अन्तर्गत ३० दिनसम्म चलाउन मिल्नेगरी ५ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट (नेपाल टेलिकमको नेटवर्कमा कल गर्न सकिने) भ्वाइस सेवा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ७ सय ९९ अफर अन्तर्गत जम्मा ७ सय ९९ रुपैयाँमा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जिबी डाटा, २ सय वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस (अन्य नेटवर्कमा समेत कल गर्न सकिने) र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ ।
सजिलो अनलिमिटेड पोस्टपेड ९ सय ९९ अफर अन्तर्गत जम्मा ९ सय ९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस र ४ सय वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन २ जिबीका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने ६० जिबी डाटा, १ सय मिनेट अफ नेट भ्वाइस र १ सय वटा अफ नेट सन्देश पठाउन सकिन्छ ।
सजिलो अनलिमिटेड पोस्टपेड १४९९ अफर अन्तर्गत जम्मा १४९९ रुपैयाँमा अनलिमिटेड भ्वाइस, १ हजार वटा अननेट सन्देश पठाउने सुविधा, प्रतिदिन ४ जिबीका दरले ३० दिन प्रयोग गर्न सकिने १ सय २० जिबी डाटा, २ सय मिनेट अफ नेट भ्वाइस र २ सय वटा अफ नेट सन्देश पठाउन सकिने सुविधा उपलब्ध हुनेछ ।
उल्लेखित सबै प्याक लिंदा जिएसएम पोस्टपेडमा लागु हुने रेन्टल चार्जवापतको ३ सय ८४ रुपैयाँ समेत जोडेर प्याक लिन सकिन्छ । यी प्याकहरु *१४१५# डायल गरी प्राप्त निर्देशन अनुसार वा सहज रुपमा नेपाल टेलिकम एपबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here