३५ वर्षीय विद्यार्थी नेता बने चिलीको राष्ट्रपति

अन्तर्राष्ट्रिय खबर । चिलीको राष्ट्रपतिमा ३५ वर्षीय
पूर्वविद्यार्थी नेता निर्बाचीत भएका छन्। वामपन्थीको तर्फबाट पूर्वविद्यार्थी नेता ग्याव्रियल बोरिक राष्ट्रपति बनेका हुन्। सरकारविरोधी विभिन्न प्रदर्शनपछि चिलिमा राष्ट्रपति चुनाव सम्पन्न भएको हो ।

विपक्षी दक्षिणपन्थीको तर्फबाट उम्मेद्वारी दिएका होजे एन्टोनियो कास्टलाई हराउँदै ३५ वर्षीय बोरिक चिलीको नयाँ राष्ट्रपति बनेका हुन् । योसँगै बोरिक चिलिको सबैभन्दा कान्छो राष्ट्रपति समेत बनेका छन् । कुल मतमध्ये बोरिकले ५६ प्रतिशत मत पाएका थिए भने विपक्षी कास्टले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।
यसपटकको चुनाव निकै ध्रुविकृत भएको अन्र्तराष्ट्रिय मिडियाले जनाएका छन् । निर्वतमान राष्ट्रपति सेबास्टियन पिनेराले भिडियोमार्फत बोल्दै नवनिर्वाचित राष्ट्रपति बोरिकलाई बधाई तथा शुभकामना दिएका छन् ।
साथै उनले बोरिकको सरकारलाई पूर्ण समर्थन गर्ने बताएका छन् । बोरिकले विद्यार्थी नेताको रुपमा राजधानी सान्टिगोका विश्वविद्यालयमा विद्यार्थी संघको नेतृत्व गरेका थिए । सन् २०११ मा बोरिकले सस्तो, सर्वसुलभ र परिमार्जित शिक्षाको माग गर्दै आन्दोलनको नेतृत्व गरेका उनी तत्कालिन समयमा प्रख्यात बनेका बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here