गङ्गाजमुना इसाई समाज द्वारा आयोजित ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

धादिङ । गङ्गाजमुना इसाई समाज धादिङ द्वारा आयोजित प्रथम गाउपालिका स्तरीय ख्रीष्टमस शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।

गाउँपालिकाभरिका चर्चहरु (मण्डलीहरु)का इसाई धर्मावलम्बीहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारको मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता गङ्गाजमुना इसाई समाजका अध्यक्ष बल बहादुर तामाङले गर्नु भएको थियो ।

कार्यक्रममा जननिर्वाचित यसै गाउँपालिका उपाध्यक्ष एन्जिला तामाङको बिशेष आतिथ्य रहेको थियो भने जननिर्वाचित वडा अध्यक्ष,एबं वडा सदस्यहरुको साथमा विभिन्न राजनैनिक दलका पार्टी प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो।

कार्यक्रममा पाष्टर ग्रीष्मा पराजुलीले (पोखरा नयाँ गाउँ मण्डली) धार्मिक एबं आत्मिक बिषय बस्तुको बारेमा महत्त्वपूर्ण भनाइहरु राख्नु भएको थियो । साथै कार्यक्रमको लागि आर्थिक सहयोग गर्नुहुने सम्पूर्णमा एबं विभिन्न तवरले सहयोग पुर्याउनुहुने ज्ञात अज्ञात सबै आदरणीय महानुभाबहरु प्रति गङ्गाजमुना इसाई समाजका अध्यक्ष बल बहादुर तामाङ द्वारा हार्दिक आभार प्रकट गर्दै धन्यवाद व्यक्त गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here