तालिवानद्धारा दुई दशकपछि नयाँ बजेट तयार

अन्तर्राष्ट्रिय खबर । अफगानिस्तानको तालिवान सरकारले दुई दशकपछि पहिलो पटक नयाँ बजेट तयार गरेको छ। विदेशी सहायताविना नै तालिवान सरकारको अर्थ मन्त्रालयले नयाँ राष्ट्रिय बजेट तयार गरेको हो।
अर्थ मन्त्रालयका प्रवक्ताले सो जानकारी दिएका हुन्। करिब दुई दशकसम्म विदेशी सहायतामा निर्भर रहेको अफगानिस्तानमा तालिवान सरकारले पहिलो पटक राष्ट्रिय बजेट तयार गरेको मन्त्रालयका प्रवक्ता अहमद वाली हक्मलले बताएका छन्।
सन् २०२२ डिसेम्बरसम्म पुग्नेगरी नयाँ बजेट तयार पारिएको बताइएको छ। यद्यपि, सरकारले तयार पारेको बजेटको पूर्ण विवरण भने उल्लेख गरिएको छैन। विभिन्न अन्तर्राष्ट्रिय समुदायले अफगानिस्तानमा चरम आर्थिक संकट छाएको र तत्कालका लागि खर्बौ डलर विदेशी सहायता चाहिएको बताउँदै आएका थिए। नयाँ बजेट स्वदेशी आम्दानीबाटै तयार पारिएको तालिवानले जनाएको छ। तालिवान सरकारले अमेरिकी डलरमा प्रतिबन्ध लगाइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here