पुटिन र सीबीच भेटवार्ता; पश्चिमा मुलुकविच बढिरहेको तनाव विशेष छलफल

अन्तर्राष्ट्रिय खबर । रुसी राष्ट्रपति भ्लाद्मिर पुटिन र चिनियाँ राष्ट्रपति सि जिनपिङबिच बार्ता सम्पन्न भएको छ। रुससँग पश्चिमा मुलुकहरुविच बढ्दो तनावका विच दुवै मुलुकका राष्ट्र प्रमुखबिच बुधबार भर्चुअल वार्ता सम्पन्न भएको हो।
बैठकको उद्घाटन समारोहमा पुटिन र सी जिनपिङले चीन र रुस २१ औ शताब्दीमा राम्रो सम्बन्ध भएका उदाहरणीय मुलुक भएको बताएका छन्। दुवै नेताले युरोप, अमेरिका र नाटो सम्बन्धमा छलफल भएको रुसी राष्ट्रपति कार्यालय क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले जानकारी दिएका छन्।
‘यतिबेला युरोपियन महादेशमा अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था निकै तनावपूर्ण छ। त्यसैले दुवै शीर्ष नेताले भर्चुअल बार्ता आयोजना गरेका हुन्’ प्रवक्ताले भनेका छन्। युक्रेनको सीमा नजिकै रुसले ठुलो संख्यामा सैन्य उपस्थिती गराएको बताइएको छ। सोही कारण पछिल्लो समय रुस र अन्य पश्चिमा मुलुकविच तनाव बढिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here