धादिङबाट अखिल नेपाल लेखक संघको केन्द्रीय कमिटीमा तीनजना निर्वाचित

धादिङ । अखिल नेपाल लेखक संघको तेस्रो राष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न भएको छ। सम्मेलनले साहित्यकार धनप्रसाद सुवेदीको अध्यक्षतामा ८१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

अखिल नेपाल लेखक संघको नवनिर्वाचित केन्द्रीय कमिटीमा धादिङ जिल्लाबाट एक केन्द्रीय सचिव सहित दुईजना केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । जसमा जित अधिकारी केन्द्रीय सचिव तथा दिपक बस्नेत ( सुरप्रताप ) र सन्तोष सिम्खडा ( समीकरण ) केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here