स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता प्रदान

अन्तर्राष्ट्रिय खबर । स्विजरल्याण्ड सरकारले ‘आत्महत्या मेसिन’लाई कानुनी मान्यता दिएको छ। इच्छामृत्यु भएका व्यक्तिलाई पीडारहित तरिकाले एक मिनेटमै मार्ने मेसिनलाई सरकारले हालै कानुनी मान्यता दिएको हो।
कोफिन आकारको साक्रो नामक सो मेसिनलाई निर्माताहरुले आत्महत्या अर्थात् सुसाइड मेसिन नाम दिएका छन्। इच्छामृत्यु भएका व्यक्तिहरुलाई सो मसिनमा राखेर मार्न सरकारले अनुमति दिएको निर्माताहरुले जानकारी दिएका छन्।
हाइपोक्सिया र हाइपोकाप्नियाबाट पीडित इच्छामृत्यु भएका व्यक्तिलाई एक मिनेटमै शान्तिपूर्वक एवं पीडारहित तरिकाले मर्न सो मेसिनले सघाउने निर्माताहरुले बताएका छन्। मेसिनभित्र बस्नेवित्तिकै शरीरमा अक्सिजनको मात्रा कम गराइ आँखा चिम्लेको एक मिनेटमै मृत्यु हुने निर्माताहरुको दाबी छ।
स्विजरल्याण्डमा इच्छामृत्युले कानुनी मान्यता पाएको छ। गत वर्षमात्र सो मेसिनमार्फत करिब १३ सय मानिसले इच्छामृत्युको सेवा लिएको अन्तर्राष्ट्रिय मिडियामा खबर छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here