रुबिभ्याली ५ मा मङ्गोल नेशनल अर्गनाइजेसनको प्रथम वडा सभा गठन सम्पन्न

धादिङ । रुबिभ्याली गाउँपालीका वडा न ५ मा मङ्गोल नेशनल अर्गनाइजेसनको प्रथम वडा सभा गठन सम्पन्न बएको छ ।

भेलाले मेख बहादुर तामाङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिको गठन गरिएको गङ्गाराम (राज) तामाङले होराईजन खबर लाई बताए ।

नवगठित कार्यसमितिको नामावली
अध्यक्ष : मेख बहादुर तामाङ
सचिव : प्रबिन तामाङ
कोषाध्यक्ष : माया तामाङ
सदस्यहरू तेन्सिङ तामाङ, शक्तिमान तामाङ, योसेफ तामाङ, सन्त बहादुर तामाङ, शान्ति तामाङ, आयुस

उक्त समारोहको सभा अध्यक्षता मेख बहादुर तामाङले गर्नु भएको थियोे एबं प्रमुख अतिथिमा मङ्गोल नेशनल अर्गनाइजेसनका केन्द्रिय सर्वोच्च सभाका सदस्य रिङ्छेन तामाङ, विशेष अतिथि संगठनको प्रदेश सभाका प्रचारप्रसार बिभागका सचिब शालिकराम मगर, जिल्ला सभाका अध्यक्ष धर्मराज सेङ्तेन लगायत अतिथिहरुको आतिथ्यता रहेको थियो ।

सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रिङ्छेन तामाङले बर्तमन नेपालको राजनीतिको विश्लेषण गर्दै यो देशमा मङ्गोल नेसनल अर्गनाइजेसनको आवस्यकता रहेको बताए एबं उक्त सभा बाट गठन भएका वडा सभाका पदधिकारीहरुलाई हौसला प्रदान गर्दै
बधाई ज्ञापन तथा शुभकामना व्यक्त समेत गर्नु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here