ट्वीटरले हटायो चिनियाँसग सम्बन्धित हजारौं अकाउन्ट

अन्तरास्ट्रिय खबर । सामाजिक सञ्जाल ट्वीटरले चिनियाँ नागरिकसँग सम्बन्धित ३ हजारभन्दा बढी ट्वीटर अकाउन्ट बन्द गरेको छ। चीनको सिन्जिनियाङ प्रान्तमा मानवअधिकार उल्लंघन गरेको भन्दै ट्वीटरले चिनियाँ नागरिकसँग सम्बन्धित ती अकाउन्ट बन्द गरेको हो।
अष्ट्रेलियन स्ट्राटेजिक पोलिसि इन्स्टिच्युटका विश्लेषकले बताएअनुसार ट्वीटरले करिब ५ हजार ५००  अकाउन्ट बन्द गरेको छ। ती अकाउन्टबाट जारी हुने सूचना निकै भयानक रहेको उनीहरुले बताएका छन्। मानवअधिकार उल्लंघन भएको भन्दै चिनियाँ अधिकारी र सम्बन्धित निकायका व्यक्तिहरुले ट्वीटर समक्ष उजुरी गरेका थिए। सोही आधारमा ट्वीटरले अनुसन्धान अघि बढाएको थियो।
अनुसन्धानको क्रममा चिनियाँ अल्पसंख्यक समुदाय उइगुरहरुको नक्कली ट्वीटर अकाउन्ट बनाएर चलाउँदै आएको पाइएको छ। उइगुरहरुको नक्कली अकाउन्टमार्फत् प्रोपोगान्डा फैलाउने र ती समुदायका मानिसलाई भडड्काउने गरेको पाइएको छ। ती अकाउन्टमार्फत् प्रयोगकर्ताले अनलाइनमार्फत् विभिन्न माग गर्ने गरेको र सबैको मागको उद्देश्य एउटै हुने गरेको बताइएको छ।
ट्वीटरले हाललाई चीनभित्र रहेका अकाउन्टहरुमात्र हटाएको बताएको छ भने चीन बाहिरको क्षेत्रमा विस्तृत अनुसन्धान भइरहेको बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here