नेपाल आइडलको चौंथो सिजन मंसिर २३ बाट सुरु हुने

मंसिर – २० । नेपाल आइडलको चौंथो सिजन २३ मंसिरबाट प्रसारणमा आउँने भएको छ । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् ।

राती ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् । करिब ४ महिना चल्ने आइडलको चौंथो सिजनका लागि सय प्रतिस्पर्धी छानिएका थिए भने गाला राउन्डसम्म पुग्दा १२ जनाले प्रतिस्पर्धा गर्नेछन् ।

शोमा यसपटक भर्सनटायल संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायकको रुपमा छन् । यस अगाडिका सबै सिजन चर्चामा रहन सफल भएको कारण आयोजकले यो शो पनि चर्चामा रहने आस गरेको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here