स्पेनमा विस्फोट भएको २ महिनासम्म नि रोकिए ज्वालामुखी, हजारौं मानिसहरू विस्थापित

अन्तर्राष्ट्रिय खबर । स्पेनको ला पाल्मास्थित क्यानरी टापुबाट विस्फोट भएको ज्वालामुखी दुई महिना वितिसक्दा पनि रोकिएको छैन। कुम्ब्रे भियजा नाम दिइएको सो ज्वालामुखी विस्फोट भएको दुई महिना वितिसक्दा पनि लाभा नरोकिएको हो।
ला पाल्मामा सेप्टेम्बर १९ मा सो ज्वालामुखी विस्फोट भएको थियो। सो ज्वालामुखी विस्फोट भएको दुई महिना वितिसकेको छ। ज्वालामुखीबाट करिब ३ हजार घरहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् भने हजारौं बासिन्दा विस्थापित बनेका छन्। सो ज्वालामुखीका कारण करिब ११३४ हेक्टर क्षेत्रफल जमिनमा क्षति पुगेको स्याटेलाइट तस्बिरले देखाएको छ।
सो ज्वालामुखी विस्फोटबाट निस्केको लाभा नजिकैको समुद्रसम्म पनि पुगेको थियो। ज्वालामुखीबाट निस्केको लाभा नरोकिएपछि त्यहाँको सरकारले केही समयसम्म संकटकालको घोषणासमेत गरेको थियो। 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here