धादिङका बुद्धिमान तामाङ राप्रपाको उपाध्यक्षमा बिजयी

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन बाट उपाध्यक्षमा धादिङका बुद्धिमान तामाङ बिजयी हुनुभएको छ। कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङले १९४४ भोट ल्याएर विजयी हुनुभएको हो।

त्यसैगरी अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। 

नवनिर्वाचित कार्यसमितिको नामावली
अध्यक्ष
राजेन्द्र लिङ्देन
उपाध्यक्ष खुल्ला
विक्रम पाण्डे
बुद्धिमान तामाङ
ध्रुवबहादुर प्रधान
उपाध्यक्ष (महिला)
रोशन कार्की
महामन्त्री (खुल्ला)
डा. धवलशमशेर राणा
भुवन पाठक
महामन्त्री (महिला)
कुन्ती शाही

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here