संयुक्त राष्ट्रसंघले संसारभर सहयोग स्वरुप ४१ बिलियन डलर पठाउँदै

अन्तरास्ट्रिय खबर । संयुक्त राष्ट्रसंघले संसारभर करिब ४१ बिलियन अमेरिकी डलर पठाउने प्रतिज्ञा गरेको छ। संघले बिहीबार मानवीय सहायतअन्तगत आगामी वर्ष संसारभर सो रकम पठाउने प्रतिज्ञा गरेको हो।
संघले मानवीय सहायताअन्तर्गत आगामी वर्ष अर्थात् सन् २०२२ मा संसारभर पठाउन लागेको सो रकम हालसम्मकै उच्च भएको बताइएको छ। विश्व महामारी, जलवायु संकट, द्वन्द्व आदिका कारण संसारका विभिन्न मुलुकमा मानवीय सहायताको खाँचो बढेकोले संघले सो रकम पठाउन लागेको संघको मानवीय सहायता एजेन्सी ओसिएचएले बताएको छ।
संघले करिब ४ वर्षअघि सन् २०२१ सम्मका लागि करिब ३५ बिलियन अमेरिकी डलर संसारभर पठाएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here